रौतहट, २३ पुस / रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १० मा अवस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत दलित तथा विपन्न परिवारका बालबालिकाहरूलाई न्याना कपडा वितरण गरिएको छ। लायन्स क्लब अफ काठमाडौँ, रञ्जनाको पहल तथा सहयोग संकलनमार्फत आज एक कार्यक्रमको आयोजना गरी उक्त सहयोग वितरण गरिएको हो।कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट कोर्डिनेटर लायन धीरज श्रेष्ठ, डिस्ट्रिक्ट कोर्डिनेटर लायन राजकुमार कार्की, एरिया कोर्डिनेटर पूर्णबहादुर कार्की तथा डिस्ट्रिक्ट पिआरओ पदम निधि आचार्य स्वयं उपस्थित भई विद्यालयमा अध्ययनरत ६७ जना बालबालिकाहरूलाई न्याना कपडा वितरण गर्नुभएको थियो। यसका साथै, सोही वडाका २० जना अति विपन्न परिवारका स्थानीय नागरिकहरूलाई ब्ल्याङ्केट समेत वितरण गरिएको थियो।जाडोको समयमा बालबालिका तथा विपन्न परिवारले भोग्नुपरेको कठिनाइलाई ध्यानमा राख्दै मानवीय सेवाको भावनासहित कार्यक्रम आयोजना गरिएको लायन्स क्लबका प्रतिनिधिहरूले बताएका छन्। यस्ता सहयोग कार्यक्रमले बालबालिकाको स्वास्थ्य तथा शिक्षामा सकारात्मक प्रभाव पर्ने उनीहरूको भनाइ थियो।उक्त वितरण कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्ले, नमुना इङ्लिस आवासीय विद्यालयका सञ्चालक लक्ष्मी श्रेष्ठ, नेकपा (एमाले) चन्द्रपुर नगर कमिटी अध्यक्ष शिव आचार्य तथा नेपाली कांग्रेसका युवा नेता श्यामहरी कोइराला लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी अतिथिहरूले सामाजिक उत्तरदायित्वका यस्ता कार्यले समुदायमा सकारात्मक सन्देश जाने भन्दै लायन्स क्लबको प्रशंसा गर्नुभएको थियो।कार्यक्रमप्रति प्रतिक्रिया व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक आर्यन झा ले दलित तथा विपन्न समुदायका बालबालिकाका लागि गरिएको यो सहयोग अत्यन्तै सराहनीय रहेको बताउँदैलायन्स क्लब अफ काठमाडौँ, रञ्जना सहित सहयोगमा सहभागी सम्पूर्ण व्यक्तित्व तथा संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो।स्थानीय तह, सामाजिक संघसंस्था र विभिन्न व्यक्तिहरूको सहकार्यमा सम्पन्न यस प्रकारका मानवीय कार्यक्रमले समुदायमा सहयोग र सहानुभूतिको भावना अभिवृद्धि गर्ने विश्वास गरिएको छ।
दलित तथा विपन्न बालबालिकालाई लायन्स क्लबद्वारा न्याना कपडा वितरण

प्रकाशित:
शब्दको आकार



Comments