Skip to content

मेयर जयसवालद्वारा चिसो प्रभावित नागरिकलाई दाउरा वितरण निरन्तर

मेयर जयसवालद्वारा चिसो प्रभावित नागरिकलाई दाउरा वितरण निरन्तर
प्रकाशित:
शब्दको आकार

रौतहट, २४ पुष / रौतहट जिल्लाको गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जयसवालले अत्यधिक चिसोका कारण प्रभावित आम नागरिकलाई राहत प्रदान गर्ने उद्देश्यले दाउरा वितरण कार्यलाई निरन्तरता दिनुभएको छ। चिसो मौसमले दैनिक जनजीवन प्रभावित भइरहेका बेला नगरपालिकाले नागरिकको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै राहत कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ।केही दिनअघि सुरु गरिएको दाउरा वितरण अभियानअन्तर्गत मेयर जयसवालले आज तेस्रो चरणमा गरुडा नगरपालिका वडा नम्बर–६ पोठियाही र वडा नम्बर–२ गेडही गुठी का सर्वसाधारणलाई दाउरा वितरण गर्नुभएको हो। यसअघि पनि नगरपालिकाका अन्य वडाहरूमा चरणबद्ध रूपमा दाउरा वितरण गरिएको नगरपालिकाले जानकारी दिएको छ।जाडोका कारण विशेषगरी विपन्न, ज्येष्ठ नागरिक, बालबालिका तथा खुला घरमा बसोबास गर्ने परिवारहरू बढी जोखिममा रहेको भन्दै उनीहरूलाई प्राथमिकतामा राखेर राहत वितरण गरिएको मेयर जयसवालले बताउनुभयो। उहाँका अनुसार चुलो बाल्न र शरीर तताउन दाउरा आवश्यक हुने भएकाले तत्कालीन राहतका रूपमा यसलाई प्रभावकारी माध्यमका रूपमा लिइएको हो।स्थानीयवासीहरूले नगरपालिकाको यो पहलले चिसोबाट राहत मिलेको प्रतिक्रिया दिएका छन्। “अत्यधिक चिसोका बेला दाउरा पाउनु ठूलो सहयोग भएको छ,” स्थानीय एक वृद्ध नागरिकले भन्नुभयो।नगरपालिकाले मौसमको अवस्था सहज नहुँदासम्म दाउरा वितरण लगायत अन्य सम्भावित राहत कार्यक्रमलाई पनि निरन्तरता दिने जनाएको छ। मेयर जयसवालले जनताको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै गरुडा नगरपालिकाले आपत्कालीन अवस्थामा आवश्यक सहयोग उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।चिसो मौसमका कारण रौतहटसहित तराईका विभिन्न जिल्लामा जनजीवन प्रभावित भइरहेका बेला गरुडा नगरपालिकाको यस प्रकारको सक्रियताले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts