Skip to content

सिन्धुलीमा स्रोत नखुलेको १५ लाख रुपैयाँसहित ४ जना नियन्त्रणमा

सिन्धुलीमा स्रोत नखुलेको १५ लाख रुपैयाँसहित ४ जना नियन्त्रणमा
प्रकाशित:
शब्दको आकार

सिन्धुली, २५ असोज – सिन्धुलीको हरिहरपुरगढी -२ झनझने चेकपोष्टमा रकमसहित ४ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, आज दिउँसो २ बजे झनझने चेकपोष्ट अगाडि मदनभण्डारी राजमार्गमा प्रहरि चौकी झनझनेको कमाण्डमा खटिएको चेकिङ टोलिले सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको सानो कार चेकजाँच गरेको थियो।

जाँचका क्रममा गाडीको पछाडि राखिएको टायरभित्र लुकाइछिपाइ राखिएको रु. १५,००,००० (पन्ध्र लाख) नगद फेला परेको छ। उक्त रकमको स्रोत खुलेको छैन।

प्रहरिले काठमाडौँ-११ का २५ वर्षका आदिल हमिद ,२१ बर्षका आमी अमिद,रौतहट गुजरा –२ का ७३ वर्षका चन्द्रमान योञ्जन,३२ वर्षका चिनियाँ नागरिक जिओङ्ग चाङ्गेलाई नियन्त्रणमा लिएको छ ।

गाडी र सवार सबैलाई आवश्यक अनुसन्धानको लागि कपिलाकोटबाट जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याइएको प्रहरीले जनाएको छ। अनुसन्धान जारी रहेको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts