Skip to content

अधुरा विकास परियोजनामा सहकार्यका लागि मन्त्री घिसिङ र अध्यक्ष घलानबीच छलफल

अधुरा विकास परियोजनामा सहकार्यका लागि मन्त्री घिसिङ र अध्यक्ष घलानबीच छलफल
प्रकाशित:
शब्दको आकार

बागमती (मकवानपुर) — बागमती गाउँपालिकाभित्रका विकास निर्माण कार्यलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र गाउँपालिका अध्यक्ष सर्केश घलानबीच मन्त्रालयमा विशेष भेटवार्ता भएको छ।

भेटका क्रममा अध्यक्ष घलानले लामो समयदेखि ढिलाइ भइरहेको हात्तिढुङ्गा–चिरुवाखोला पक्की पुल र राइगाउँ–क्यान्टिन सडक निर्माणबारे मन्त्री घिसिङको ध्यानाकर्षण गराएका थिए।

मन्त्री घिसिङले दुबै आयोजना अघि बढाउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया शीघ्र पूरा गरिने बताउँदै सरकार विकास कार्यप्रति प्रतिबद्ध रहेको स्पष्ट पारे।

यस क्रममा पुल निर्माणका लागि आवश्यक बजेट विपद् व्यवस्थापन कोषबाट उपलब्ध भइसकेको र फाइल प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिइएको छ।

भेटवार्तामा दुवै पक्षले बागमती गाउँपालिकाभित्रका अन्य विकास आयोजना समयमै सम्पन्न गर्न निरन्तर सहकार्य र समन्वय गर्ने सहमति समेत जनाएका छन्।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts