गत कार्तिक ६ गतेदेखि बेपत्ता भएका सिन्धुलीको हरिहरपुरगढी- ३ सोकनका ५२ का नारायण पुलामी मगर मृत अवस्था भेटिएको छ। मंगलबार पुलामी बागमती-५ स्थित ज्यामिरेको जङ्गलमा मृत भेटिएको प्रहरीले जनाएको छ।
मंगलबार बिहान स्थानीय घाँस काट्ने जाने क्रममा एक शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। लगत्तै प्रहरी टोली खटिएर शव मुचुल्का पश्चात् पोस्टमार्टमका लागि हेटौंडा ल्याइएको थियो। आफन्त भेट्न ज्यामिरे आएका पुलामी मोबाइल छाडेर बेपत्ता भएपछि खोजतलास गरिएको थियो। प्रहरीका अनुसार पुलामीलाई मानसिक समस्या रहेको बुझिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




Comments