Skip to content

पुर्वराष्ट्रपति विद्या भण्डारी द्वारा गढिमाई दर्शन,बारामा कार्यकर्ता भेटघाट

पुर्वराष्ट्रपति विद्या भण्डारी द्वारा गढिमाई दर्शन,बारामा कार्यकर्ता भेटघाट
प्रकाशित:
शब्दको आकार

प्रलाद तिमल्सिना, बारा ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार बाराको प्रसिद्ध गढिमाई मन्दिरमा पूजा–दर्शन गरेकी छन्। दर्शनपछि उनी कलैया पुगेकी थिइन्, जहाँ मदन भण्डारी फाउन्डेसन बाराले आयोजना गरेको ७५औं मदन भण्डारी जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकर्तासँग भेटघाटसमेत गरिन्।

भेटघाट कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको जानकारी दिइन्। पत्रकारले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनका कारण स्थानीय नेतासँग उनको भेटघाट नभएको हो भनी सोध्दा उनले "त्यस्तो कुनै निर्देशन नभएको" स्पष्ट पार्दै सबैसँग क्रमशः भेट हुने विश्वास व्यक्त गरिन्।

यसअघि शनिबार वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा सहभागी हुन मधेस झरेकी भण्डारीलाई सिमरा विमानस्थलमै स्थानीय नेताहरूले भव्य स्वागत गरेका थिए। संघको कार्यक्रम सम्पन्न भए पनि बारास्थित एमाले कार्यकर्ता भेटघाट निरन्तर भइरहेकाले उनी भोलिसम्म त्यहीं बस्ने कार्यक्रम रहेको बताइएको छ।

भण्डारीसँगै एमाले पोलिटब्युरो सदस्य तथा पूर्वखेलकुद मन्त्री पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य अरविन्द सिंह, विद्यार्थी नेता प्रकाश पौडेल र मनिष प्याकुरेल पनि सहभागी छन्।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts