Skip to content

हरितालिका तीजको दिन पशुपतिका ४ वटै ढोका खुला रहने

हरितालिका तीजको दिन पशुपतिका ४ वटै ढोका खुला रहने
प्रकाशित:
शब्दको आकार

हरितालिका तीजका अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज ढंगले दर्शन गराउन विशेष व्यवस्था गरेको छ।

कोषले ११ बुँदे चरण सार्वजनिक गर्दै चारै ढोकाबाट प्रवेश–निर्गमनको व्यवस्था मिलाएको छ। भक्तजनले गौरीघाट, मित्रपार्क, पिंगलास्थान र तिलगङ्गा मार्ग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न सक्नेछन्। हरेक मार्गसँगै अस्थायी जुत्ता–चप्पल कक्षको सुविधा पनि उपलब्ध गराइएको छ।

भक्तजनले बिहान ३ बजेदेखि दर्शन गर्न सक्ने र सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी, आवश्यकताअनुसार सेना तथा सादा पोसाकका सुरक्षाकर्मी खटाइने कोषले जनाएको छ।

साझेदारी गर्नुहोस्

विशाल राज राई
Author
विशाल राज राई
लेखक विशाल राज राई विगत १७ वर्ष देखि मिडिया क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

Related Posts