Skip to content

मकवानपुरमा किरात देवास राई उत्थान समाजको छैठौं अधिवेशन सम्पन्न

मकवानपुरमा किरात देवास राई उत्थान समाजको छैठौं अधिवेशन सम्पन्न
प्रकाशित:
शब्दको आकार

मकवानपुर : किरात देवास राई उत्थान समाज नेपाल, मकवानपुर जिल्ला कार्यसमितिको छैठौं अधिवेशन हेटौंडा उपमहानगरपालिका–६, कल्याणटार राईटोलस्थित आदिवासी जनजाति सामुदायिक भवनमा सम्पन्न भएको छ।

अधिवेशनको उद्घाटन सत्रमा समाजका केन्द्रीय अध्यक्ष आसमान राई, वडा अध्यक्ष विष्णुबहादुर दाहाल, आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जङ्गबहादुर गुरुङ, केन्द्रीय उपाध्यक्ष राजमान राई, भाषा शिक्षक विष्णुबहादुर राई, पूर्व केन्द्रीय उपाध्यक्ष तथा देवास आवाज सम्पादक सूर्यबहादुर राई, किरात राई यायोक्खा मकवानपुरका अध्यक्ष कृष्णबहादुर राईलगायत अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए।

जिल्ला उपाध्यक्ष लव राईले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने सञ्चालन जिल्ला सचिवले गरेका थिए। कार्यक्रममा सल्लाहकार गोपाल राई, सम्पादक सूर्यबहादुर राई, सांस्कृतिक संयोजक कृष्णा राई,एसईईमा ए प्लस ल्याउने क्रिस्टिना राई, पृथका राई र आभास राईलाई सम्मान गरिएको थियो।

बन्द सत्रमा जिल्ला अध्यक्ष बद्रीबहादुर राईले प्रगति प्रतिवेदन प्रस्तुत गर्दा कोषाध्यक्ष होमबहादुर राईले आर्थिक विवरण प्रस्तुत गरेका थिए। अधिवेशनले सर्वसम्मत रूपमा बद्रीबहादुर राईको नेतृत्वमा १६ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ।

नव–निर्वाचित समितिमा उपाध्यक्ष लव राई, अजय राई, भीम राई, सचिव रामहरी राई, सहसचिव राजकुमार राई, कोषाध्यक्ष हेमकर्ण राई, सदस्य अन्जु राई, निर्मला, सावित्री राई, इन्द्रबहादुर राई, जयराम राई, शिवबहादुर राई, हरेराम राई, इन्द्रकुमार राई, शिवबहादुर राई (चौघडा) र कृष्णबहादुर राई रहेका छन्।

नवनिर्वाचित नेतृत्वले किरात देवास राई समुदायको उत्थान, भाषा तथा संस्कृति संरक्षण, र सामाजिक विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts