Skip to content

हरिहरपुरगढीको गुर्जी स्थित गुम्बामा १०८ दर्ज्यु देन बनाउँदै सहयोगका लागि अपिल

हरिहरपुरगढीको गुर्जी स्थित गुम्बामा १०८ दर्ज्यु देन बनाउँदै सहयोगका लागि अपिल
प्रकाशित:
शब्दको आकार

सिन्धुली: सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर-३ स्थित बसपार्कमा सामतेन टासी छ्योईलिङ गुम्बाको परिसरमा सहयोग संकलन मार्फत १०८ दर्ज्यु देन बनाउने लक्ष्यसहित निर्माण कार्य भरहेको छ।

स्थानीय समुदायको जनश्रमदान, स्वदेश तथा विदेशमा रहनुभएका सहयोगी दाताहरुको अर्थिक र भौतिक सहयोग मार्फत संकलित श्रोतबाट २०८२ सालको बुद्ध जयन्ती सम्ममा निर्माण सम्पन्न गर्ने गरि काम भइरहेको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सत्यमान मोक्तानले जानकारी दिनुभयो ।

२०७२ सालमा निर्माण गरिएको गुम्बा परिसरमा सहयोग संकलन मार्फत १०८ दर्ज्यु देन बनाउन आफू लागि परेको र सहयोग पनि पाइरेहेको अध्यक्ष मोक्तानले बताउनुभयो । अभियानका लागि चैत १२ गते सम्ममा २५ बोरा सिमेन्ट , १० लिटर रंगसहित नगद १ लाख २४ हजार ९ सय ८४ रुपैयाँ संकलन भएको उहाँले बताउनुभयो ।

यस्तै हालसम्म २४ वटा दर्ज्यु देन निर्माण सम्पन्न भएर ३८ वटा निर्माणाधीन चरणमा रहेको जनाएको छ । उहाँ ले हालसम्मको सहयोगी दाताहरु सबैलाई धन्यवाद दिँदै थप दर्ज्यु देन निर्माणका लागि सहयोगको अपिलसमेत गर्नुभएको छ । इच्छुक दाताहरुलाई सामतेन टासी छ्योईलिङ गुम्बाको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नम्बर १५३०१००००१८९१००१ मा सहयोग लागि अपिल गरेको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts