Skip to content

माइतिघर मण्डलाबाट सिके राउत सहित दर्जनौ पक्राउ

माइतिघर मण्डलाबाट सिके राउत सहित दर्जनौ पक्राउ
प्रकाशित:
शब्दको आकार

काठमाण्डौको माइतिघर मण्डलाबाट जनमत पार्टीका अध्यक्ष सिके राउत पक्राउ परेका छन् । ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर पुगेका राउतलाई प्रहरीले पक्राउ गरेको हो ।


निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको भन्दै प्रहरीले उनीसहित जनमतका दर्जन बढी नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।
पक्राउ परेका राउतसहितका नेताहरुलाई अहिले पुलिस क्लबमा राखिएको छ।

माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts