मेरो पत्र Logo

रौतहटको चन्द्रपुरमा दुर्घटनामा दुई भारतीयको मृत्यु

Mero Patra
मेरो पत्र
ad
रौतहटको चन्द्रपुरमा दुर्घटनामा दुई भारतीयको मृत्यु
adad

रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा त्यसमा सवार दुई भारतीयको मृत्यु भएको छ ।

जिल्लाको चन्द्रपुर-५ स्थित पूर्व-पश्चिम राजमार्गको चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको ट्यांकरले पूर्वबाट आउँदै गरेको अटोलाई ठक्कर दिँदा दुई भारतीयको मृत्यु भएको हो।

ज १ ह ४४८५ नम्बरको अटोलाई अम्लेखगञ्जबाट सर्लाही तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिएको थियो ।

अटोमा सवार भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षिय पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षिय अवधेश झाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाईते दुवैको वीरगञ्जमा उपचारको क्रमम मृत्यु भएको हो ।

मृतक दुवै अग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित बागमतीको नुनथर आएका थिए । साँझ उनीहरु टेम्पो चढेर चन्द्रनिगाहपुरतर्फ आउँदै गर्दा ट्यांकरले ठक्कर दिएको थियो । प्रहरीका अनुसार टेम्पोमा ६ जना सवार थिए ।

घटना टेम्पो चालक सर्लाहीको वाग्मती नगरपालिका–६ खाल्टे बस्ने ४४ बर्षिय भुपेन्द्र सहनी घाईते भएका छन् । सहनीको दाहिने हातमा चोट लागेको छ ।

दुर्घटना लगतै ईलाका प्रहरीले ट्यांकर चालक दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षिय प्रविण साहलाई नियन्त्रणमा लिएको छ

सेयर गर्नुहोस्: