मेरो पत्र Logo

पाथीभरा दुग्ध उत्पादक सहकारी संस्थाको पहिलो साधारण सभा सम्पन्न

Mero Patra
मेरो पत्र
ad
पाथीभरा दुग्ध उत्पादक सहकारी संस्थाको पहिलो साधारण सभा सम्पन्न
adad

पाथीभरा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको पहिलो साधारण सभा आज एक विशेष कार्यक्रमका बीच भव्य रूपमा सम्पन्न भएको छ । बागमती गाउँपालिका–७ स्थित सहकारीको कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहकारीका सदस्य, अतिथि तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सभाको अध्यक्षता संस्थाका अध्यक्ष कुप नारायण फुयालले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान रहनुभएको थियो। विशेष अतिथिको रूपमा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, वडा अध्यक्ष उत्तर बहादुर भोलन, गाउँ कार्यपालिकाका सदस्य डम्बर बहादुर विश्वकर्मा तथा भोर्लेनी दुग्ध सहकारीका अध्यक्ष ज्ञान सागर भोलनको गरिमामय उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन संस्थाका सचिव विवेक सिंङतानले गर्नुभएको थियो। उहाँले सभाको औपचारिक सुरुवात गर्दै वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनमा सहकारीको स्थापना उद्देश्य, हालसम्मका गतिविधि, आर्थिक अवस्था, विद्यमान चुनौतीहरू तथा आगामी कार्य योजनाहरू समेटिएका थिए।

सभामा सहभागी सदस्य तथा अतिथिहरूले सहकारीको हालसम्मको कार्यप्रगतिको प्रशंसा गर्दै आगामी दिनमा अझ व्यवस्थित, पारदर्शी र सदस्य–केन्द्रित सेवा प्रवाहमा जोड दिन सुझाव दिएका थिए।

साधारण सभामा आर्थिक विवरण पारित गर्नुका साथै विभिन्न नीतिगत तथा कार्यगत प्रस्तावहरूमा छलफल गरिएर आवश्यक निर्णयहरू लिइएको थियो।

कार्यक्रमको समापन अध्यक्ष कुप नारायण फुयालले गर्दै सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो। साथै, सहकारीलाई समृद्ध बनाउने दिशामा सबै सदस्यहरूको निरन्तर सहयोग र सक्रिय सहभागिता अपेक्षा गरिएको उहाँले बताउनुभयो।

सेयर गर्नुहोस्: