Skip to content

बागमती गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३को नीति तथा कार्यक्रम सहितको बजेट प्रस्तुत

बागमती गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३को नीति  तथा कार्यक्रम सहितको बजेट प्रस्तुत
प्रकाशित:
शब्दको आकार

झुरझुरे, मकवानपुर। बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गरेको छ। शनिबार सम्पन्न दोस्रो गाउँसभा अन्तर्गत सातौं अधिवेशनमा गाउँपालिकाका अध्यक्ष सर्केश घलानले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो।

उक्त कार्यक्रममा जनप्रतिनिधि घलानले बागमती–८ स्थित जनतामाविमा बहुमुखी क्याम्पस सञ्चालन गर्ने, वडा–वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, र एकल पुरुषलाई समेत भत्ता दिने नीति ल्याइएको जानकारी दिनुभयो।

त्यसैगरी, गाउँपालिकाका स्थायीबासी जनप्रतिनिधि तथा सरकारी कर्मचारीहरूले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने नीति ल्याइएको छ। यदि तोकिएको विद्यालयमा भर्ना नगरिएको खण्डमा तलब तथा सेवासुविधाबाट १० प्रतिशत शैक्षिक कर कटौती गरिने व्यवस्था प्रस्ताव गरिएको छ।

गाउँसभामा उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिनाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ८३ करोड ७२ लाख ६७ हजार ६७४ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ। प्रस्तुत बजेटअनुसार, सामाजिक विकास क्षेत्रमा सबैभन्दा बढी ४२ करोड रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको करिब आधा भाग हो।

त्यसैगरी, पूर्वाधार विकासका लागि १७ करोड, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १२ करोड २६ लाख, वातावरण तथा विपद् व्यवस्थापनका लागि १ करोड १६ लाख, आर्थिक विकासका लागि ५ करोड ४३ लाख, र सुशासन तथा संस्थागत विकासका लागि ४ करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यो बजेट अघिल्लो वर्षको तुलनामा १२ करोड रुपैयाँले बढी हो। आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकाले ७१ करोड ६८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts