मेरो पत्र Logo

हेटौँडामा लागुऔषधसहित तीन भारतीय पक्राउ

Mero Patra
मेरो पत्र
ad
हेटौँडामा लागुऔषधसहित तीन भारतीय पक्राउ
adad

मकवानपुरको रातोमाटे चेकप्वाइन्टबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतबाट काठमाडौँतर्फ आउँदै गरेको एक भारतीय नम्बर प्लेटको कारलाई चेकजाँच गर्दा लागुऔषध फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, बिहान करिब ६ बजेको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेकप्वाइन्टमा सवारी साधन जाँच गरिरहेको थियो। सोही क्रममा भारतको मोतिहारीबाट काठमाडौँतर्फ आउँदै गरेको BL01AW1404 नम्बरको भारतीय कारलाई रोकेर चेकजाँच गरियो।


कार चालक भारत, बिहार राज्य, मोतिहारी जिल्ला, पंचमिडिया बस्ने २६ वर्षीय उपेन्द्र यादव, सोही कारमा सवार २२ वर्षीय सन्जित कुमार यादव र ३५ वर्षीय सिकिन्दर महतोमाथि शंका लागेपछि उनीहरूको शरीर र कारको खानतलासी गरिएको थियो ,खानतलासीका क्रममा प्रहरीले कारको सिटमुनि र पछाडिको डिकीभित्र फल्स बटम बनाई लुकाइछिपाइ ल्याइएको अवस्थामा लागुऔषध बरामद गरेको हो। बरामद लागुऔषधमा २५ हजार ४५५ क्याप्सुल ट्रामाडोल (Tramadol) र १२० बोतल ओनरेक्स (ONEREX) रहेको प्रहरीले जनाएको छ।
लागुऔषध र सवारी साधनसहित पक्राउ परेका तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिई लागुऔषध कसुर मुद्दामा थप अनुसन्धान गरिरहेको छ। यस घटनाले नेपाल-भारत सीमा नाकामा हुने लागुऔषध ओसारपसारको जोखिमलाई पुनः उजागर गरेको छ।

सेयर गर्नुहोस्: