Skip to content

हरिहरपुरगढी गाउँपालिकाले नीति तथा कार्यक्रमसहित ६१ करोडको बजेट सार्वजनिक

हरिहरपुरगढी गाउँपालिकाले नीति तथा कार्यक्रमसहित ६१ करोडको बजेट सार्वजनिक
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी गाउँपालिकाको २१औं गाउँसभा आज सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने उपाध्यक्ष चेखबहादुर थिङले बजेट सार्वजनिक गर्नुभयो ।

अध्यक्ष वाइबाले शिक्षा, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै गाउँपालिकाको सेवा प्रवाहमा चुस्तता ल्याई जनअपेक्षाअनुरूप काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “समृद्ध हरिहरपुरगढीको आधार, शिक्षा–कृषि–वन–पर्यटन र पूर्वाधार” भन्ने नाराका साथ गाउँपालिकालाई सवल, आत्मनिर्भर र वातावरणमैत्री बनाउने अठोट उहाँले व्यक्त गर्नुभयो ।

नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उपाध्यक्ष थिङले कुल ६१ करोड १३ लाख ५५ हजार ९३७ रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो । जसमा पूँजीगत तर्फ १७ करोड ११ लाख र चालू तर्फ ४४ करोड २ लाख ५५ हजार ९३७ रुपैयाँ विनियोजन गरिएको छ ।

बजेट र नीतिले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, पर्यटनलगायत क्षेत्रलाई प्राथमिकता दिएको छ । हरिहरपुरगढीको तरबुजलाई ब्राण्डिङ गर्ने, माटो परीक्षण गरी उर्वरता सुधार गर्ने, कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउन नवप्रवद्र्धनकारी योजना अघि सारिएको छ ।

त्यस्तै, हरेक वडा र बस्तीका निर्माणाधीन सडकहरुको स्तरोन्नति तथा वर्षैभरि संचालन योग्य बनाउने, जनशक्ति परिचालन गरी नियमित मर्मत सम्भार गर्ने, दीर्घकालीन प्रभाव पार्ने विद्यालय भवन, स्वास्थ्य संस्था तथा झोलुंगे पुल निर्माणका लागि समन्वय गर्ने योजना समेटिएको छ ।

गाउँसभाले नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गरेको गाउँपालिका स्रोतले जनाएको छ ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts