Skip to content

हरिहरपुरगढी वडा नम्बर ३ का वडासचिव देवकृष्ण राईलाई विदाई

हरिहरपुरगढी वडा नम्बर ३ का वडासचिव देवकृष्ण राईलाई विदाई
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ मा कार्यरत वडा सचिव देबकृष्ण राई उमेर हदका कारण सेवा निवृत्त हुनुभएको छ। उहाँलाई पालिकाले विधिपूर्वक सम्मानसहित विदाई गरेको छ।

देबकृष्ण राई साविक पिपलमाडी गाउँ विकास समितिबाट आफ्नो प्रशासनिक यात्रा सुरु गरी हालको हरिहरपुरगढी गाउँपालिका वडा नं. ३ मा १४ वर्षभन्दा बढी समयसम्म ईमानदारी, निष्ठा र जिम्मेवारीपूर्वक सेवा प्रदान गर्दै आउनुभएको थियो।

विदाई कार्यक्रम गाउँपालिका सभाहलमा आयोजित गरिएको थियो। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबा, उपाध्यक्ष चेखबहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, आठै वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्ष वाइबाले राईको योगदानप्रति गहिरो सम्मान व्यक्त गर्दै भन्नुभयो, "उहाँको कार्यकुशलता, सरल स्वभाव र इमानदारीता सधैं प्रेरणादायी रहनेछ।"

गाउँपालिका परिवारले देबकृष्ण राईलाई शाल, माला र प्रशंसा पत्र प्रदान गर्दै सेवा निवृत्त जीवनको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।


🖋

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts