Skip to content

सिन्धुली हरिहरपुरगढीका नव गायक पेमा मोक्तानको गीत परदेशी सार्वजनिक

सिन्धुली हरिहरपुरगढीका नव गायक पेमा मोक्तानको गीत परदेशी सार्वजनिक
प्रकाशित:
शब्दको आकार

सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ का नव गायक पेमा मोक्तानले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन्। सुमधुर स्वरका धनी मोक्तानको परदेशी गीतमार्फत उनी औपचारिक रूपमा नेपाली सांगीतिक यात्रामा प्रवेश गरेका हुन्।

स्थानीयस्तरमा चर्चित स्वरधनी मोक्तानले केही समयदेखि संगीत साधनामा सक्रियता जनाउँदै आएका थिए। संगीतप्रतिको गहिरो रुचि र आत्मविश्वासका साथ उनले पहिलोपटक रेकर्ड गरिएको गीत सार्वजनिक गरेका हुन्। गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ, जसमा उनले आफैँको आवाज दिएका छन्।

गीतको शब्द, संगीत र भाव सबै पक्षमा दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। स्थानियस्तरका विभिन्न सामाजिक अभियन्ता, युवा तथा सांगीतिक क्षेत्रका व्यक्तिहरूले मोक्तानको प्रयासको खुलेर प्रशंसा गरेका छन्।

गायक मोक्तानले गीतको सफलताप्रति खुशी व्यक्त गर्दै आगामी दिनहरूमा अझ बढी परिश्रम र लगनशीलताका साथ नेपाली संगीत क्षेत्रमा योगदान दिने लक्ष्य रहेको बताएका छन्। "संगीत मेरो आत्मा हो, यसले मलाई पहिचान दिन्छ भन्ने विश्वासका साथ अघि बढिरहेको छु," उनले भने।

स्थानीय प्रतिभाको सम्मान र प्रोत्साहन स्वरूप मोक्तानको गीतलाई विभिन्न सामाजिक सञ्जाल तथा मिडियामार्फत प्रचार–प्रसार गरिएको छ।

गीतमा उनको आफ्नै शब्द रहेको छ भने संगीत देब स्याङ्ग्तानले गरेका छन् ,गीतको भिडियो आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरेका हुन् ।

https://youtu.be/0roUsCpdmRE?si=DpuCB27i_AeMjMMU
अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts