Skip to content

बागमती शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर संचालन हुदै

बागमती शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर संचालन हुदै
प्रकाशित:
शब्दको आकार

बागमती गाउँपालिका, मकवानपुर र अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र (HRDC) को सहकार्यमा शारीरिक अपाङ्गता भएका १८ वर्षमुनिका बालबालिका/व्यक्तिहरूको निःशुल्क स्वास्थ्य तथा पुनर्स्थापन घुम्ती शिविर सञ्चालन हुने भएको छ।

शिविर यहि जेठ २० गते, मंगलवारका दिन फापरबारीको बेतेनी स्वास्थ्य चौकी, वडा नं. ६ मा बिहान ९ बजेबाट सञ्चालन हुनेछ।

शिविरमा जन्मजात खुट्टा फर्किएको, हड्डी टेढो-फेरिएको, ओठ/तालु फाटेको, हातखुट्टा नबढेको, जलन वा पोलाइबाट टिस्यु गुमाएका, शरीर सिधा नरहेको जस्ता अवस्था भएका व्यक्तिको परीक्षण तथा आवश्यक उपकरण वितरण गरिनेछ।

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts