मेरो पत्र Logo

हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर ४ मा ‘एकीकृत घुम्ती शिविर’ सम्पन्न

Mero Patra
मेरो पत्र
ad
हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर ४ मा ‘एकीकृत घुम्ती शिविर’ सम्पन्न
adad

सिन्धुलीको हरिहरपुगढी गाउँपालिकाको वडा नम्बर ४ महेन्द्र झ्याडीमामा आयोजित ‘एकीकृत घुम्ती शिविर’मार्फत यहाँका ३ सय ७२ जना स्थानीयबासीलाई विभिन्न सेवा प्रदान गरिएको छ ।

शिविरमा वडा नम्बर ४ का वडा अध्यक्ष कमल कुमार राई ,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा,पञ्जीकरण शाखा प्रमुख मनोराज घिसिङ तथा शाखागत कर्मचारीको उपस्थिती रहेको थियो ।
शिविरमा १३० जनालाई सामाजिक सुरक्षा भत्ता, ४० जनालाई ज्येष्ठ नागरिक परिचयपत्र यसैगरी ६२ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिनुका साथै १४० वटा पशुको समेत उपचार गरिएको छ ।


हरिहरपुरगढी गाउँपालिकाको ’तेस्रो त्रैमासिक एकीकृत घुम्ती शिविर’ जेठ ५ गतेका दिन वडा नम्बर ८ बाट शुभारम्भ गरिएको थियो । गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले घुम्ती शिविरको उद्घाटन गर्नुभएको थियो ।


भौगोलिक जटिलता, वृद्धवृद्धा तथा अपाङ्गता भएका कारण सेवाबाट वञ्चित भएका जनतालाई घरघरमै सेवा प्रदान गर्ने उद्देश्यले सबै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने कार्यक्रम छ ।

सेयर गर्नुहोस्:
adad