मेरो पत्र Logo

बागमती शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर संचालन हुदै

Mero Patra
मेरो पत्र
ad
बागमती शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर संचालन हुदै
adad

बागमती गाउँपालिका, मकवानपुर र अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र (HRDC) को सहकार्यमा शारीरिक अपाङ्गता भएका १८ वर्षमुनिका बालबालिका/व्यक्तिहरूको निःशुल्क स्वास्थ्य तथा पुनर्स्थापन घुम्ती शिविर सञ्चालन हुने भएको छ।

शिविर यहि जेठ २० गते, मंगलवारका दिन फापरबारीको बेतेनी स्वास्थ्य चौकी, वडा नं. ६ मा बिहान ९ बजेबाट सञ्चालन हुनेछ।

शिविरमा जन्मजात खुट्टा फर्किएको, हड्डी टेढो-फेरिएको, ओठ/तालु फाटेको, हातखुट्टा नबढेको, जलन वा पोलाइबाट टिस्यु गुमाएका, शरीर सिधा नरहेको जस्ता अवस्था भएका व्यक्तिको परीक्षण तथा आवश्यक उपकरण वितरण गरिनेछ।

सेयर गर्नुहोस्:
adad