Skip to content

हरिहरपुरगढीमा पालिका पूर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न

हरिहरपुरगढीमा पालिका पूर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आज पूर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न भएको छ।  हरिहरपुरगढीको गाउँपालिकाको आयोजनामा पालिकको सभा हलमा भएको कार्यक्रममा सबै वडामा घोषणा कार्यक्रम सम्पन्न गरि आज पालिका घोषणा कार्यक्रम गरेको हो ।

घोषणा सभामा घरधुरी सर्वेक्षणबाट जन्मेदेखीका १५महिना मुनिका ४२३ जना खोप लगाईरहेको  र १६ महिना देखि ५९ महिनासम्मको १२५३ जनाले पूर्ण खोप पाएको जानकारी गराइएको थियो।

कार्यक्रममा बोल्नुहुदै पालिका अध्यक्ष वाईबाले महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्वपूर्ण योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो ।त्यस्तै धार्मिक कुरितिलाई अन्त्य गर्नुपर्ने र स्वास्थ्यलाई धार्मिक आस्थालाई जोडेर ज्यान जोखिम नपार्न सचेत गराउनुभयो वहाले स्वास्थ्य क्षेत्रमा पालिकाले सुधार गर्दै लगेको र आगामी दिनमा स्वास्थ्यमा पर्याप्त पालिकाले लगानी गर्ने बताउनुभयो ।

कार्यक्रममा पालिकाका स्वास्थ्य चौकीमा प्रमुखहरु,स्वास्थ्यकर्मी , सामुदायिक महिला स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो।

यस घोषणाले बालबालिकाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।
घोषणा कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाको प्रमुख आतिथ्य्ता,उपाध्यक्ष चेख बहादुर थिङको आतिथ्यता,प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकारा, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख बिमल पटेल, जिल्ला जनस्वास्थ्य कार्यालय खोप सुपर्भाईजर,कार्यपालिका सदस्यहरु,वडा अध्यक्षहरु, स्वास्थ्य कर्मी ,शिक्षक , स्वयंसेविकाको उपस्थिती रहेको थियो कार्यक्रम वडा नम्बर ४ का वडा अध्यक्ष तथा प्रवक्त्ता अध्यक्ष कमल कुमार राई अध्यक्षता सम्पन्न भएको  थियो।
कार्यक्रमलाई हरिहरपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मनोज सुयालले संचालन गर्नुभएको थियो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts