बागमती प्रदेश राष्ट्रपति रनिङ शिल्ड उद्घाटन





चरिकोट :नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता उद्घाटन गरेका छन् । दोलखा सदरमुकाम चरिकोटमा शनिवारबाट सुरु हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सिटौलाले औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उद्घाटन गर्दै नेता सिटौलाले दलका नेताहरु, जनप्रतिनिधिहरुले जनता प्रति समर्पित भएर जति काम गर्न सक्यो त्यतिनै जनता अघि बढ्न सक्ने बताए ।
नेता सिटौलाले देशको अर्थतन्त्र चाहेजस्तो बलियो हुन नसकेको भएपनि यहि अर्थतन्त्रको माध्यमबाट धेरै काम गर्न सकिने समते बताए ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले खेलकुद क्षेत्रलाई प्रदेश सरकारले प्राथामिकताका साथ अघि बढाउने उल्ले गर्दै आर्थिक बर्ष ०८२–०८३ मा खेलकुदको बजेटलाई डबल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनको सभापतित्वमा सम्पन्न प्रतियोगिता उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका नेता जीपछिरीङ लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तीन दिनसम्म सञ्चालन हुने बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उसु गरी ६ वटा विधामा खेलहरु हुने प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामाले जानकारी दिए । प्रतियोगीतामा बागमती प्रदेश भित्रका १३ जिल्लाको एक सय १३ जना खेलाडिहरुको सहभागिता रहेको छ ।

