मकवानपुरको भीमफेदीमा विङ्गर गाडी दुर्घटना १४ जना घाइते (घाइतेको पहिचान खुल्यो )





मकवानपुरः मकवानपुरको भिमफेदी गाउँपालिका ९, त्रिभुवन राजपथ स्थित छैसठ्टी मोडमा विङ्गर गाडी दुर्घटना हुँदा घाइते भएकाहरुको पहिचान खुलेको छ । घाइते हुनेमा सबै जना सर्लाहीको लालबन्दी नगरपालिकाका रहेका छन् ।
जसमध्ये गम्भीर घाइते हुनेहरुमा वडा नम्बर १६ का ५१ को राजाराम बस्नेत र १ नम्बरका ५६ वर्षीय कमल थापा र १६ नम्बरकी ३० वर्षीया शान्ता विश्वकर्मा रहेका छन् । गाडी दुर्घटनामा परी बस्नेतकोे छात्तीमा र घाटीमा भित्री चोट लागेको छ भने थापाको दाहिने हात र शरीरको विभिन्न भागमा चोट पुगेको छ । यस्तै विकको पनि टाउको र छात्तीमा चोट लागेको छ । यस्तै दुर्घटनामा परी वडा नम्बर १५ का २८ वर्षीया अम्बरी लो, १६ नम्बरस्थितका ३६ वर्षीय ऋतिक राई र सोही वडाका ४५ वर्षीय पदम बहादुर श्रेष्ठ मध्यम भएका छन् । घाइतेहरुको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
यस्तै गाडी चालक वडा नम्बर ४ का ४० वर्षीय सरोज कुमार चौधरी, १५ नम्बरकी २७ वर्षीया निर्मला विश्वकर्मा, सोही वडाकी २२ वर्षीया सिमा घलान, ५ नम्बरका ५० वर्षीय समीर सुवेदी, १६ नम्बरकी २७ वर्षीय कल्पना विश्वकर्मा, १५ नम्बरकी २२ वर्षीया निलिमा खड्का, १६ नम्बरकी २५ वर्षीया सुस्मा विश्वकर्मा र १६ नम्बरकी ३२ वर्षीय पवित्रा घिसिङ घाइते भएका छन् । घाइतेहरुको अवस्था मध्यम छ ।
मंगलबार दिउँसो १ बजेर ५ मिनेटको समयमा चित्लाङबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकदेखी करिब २० मिटर तल खसेर दुर्घटना भएको थियो ।

