Skip to content

मगर राष्ट्रिय मुक्ति मोर्चा बागमतीको अध्यक्षमा पुलामी

मगर राष्ट्रिय मुक्ति मोर्चा बागमतीको अध्यक्षमा पुलामी
प्रकाशित:
शब्दको आकार

बागमती: नेकपा माओवादी निकट मगर राष्ट्रिय मुक्ति मोर्चा बागमती गाउँपालिका कमिटीको अध्यक्ष चित्र बहादुर पुलामी (उमेश) चयन हुनुभएको छ । बिहीबार सम्पन्न प्रथम अधिवेशनबाट पुलामी अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

पुलामीको अध्यक्षतामा २५ सदस्यीय कमिटी बनेको छ। कमिटीको उपाध्यक्षमा शेर बहादुर राना, सचीवमा हर्क किङरिङ मगर, कोषाध्यक्षमा अमृता राना मगर र चेत नारायण राना राना चयन हुनुभएको छ । नवनियुक्त अध्यक्ष पुलामीले आफुले पाएको जिम्मेवारी पूरा गर्ने बताउनुभयो ।नवनिर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।

भेलामा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष प्रेम बहादुर पुलामी, प्रदेश सचिवालय सदस्यहरु सर्केश घलान, ज्ञान सागर भोलन र हेटौंडा नगर कमिटीका अध्यक्ष तीर्थ थापा मगर लगायतको आतिथ्यता रहेको थियो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts