मेरो पत्र Logo

हरिहरपुरगढीको झ्याडीमा शिविरको पहिलो दिन १८ जनाको मोतियाबिन्दु शल्यक्रिया

Mero Patra
मेरो पत्र
ad
हरिहरपुरगढीको झ्याडीमा शिविरको पहिलो दिन १८ जनाको मोतियाबिन्दु शल्यक्रिया
adad

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ स्थित महेन्द्रझ्याडि स्वास्थ्य चौकीमा सञ्चालन भइरहेको निःशुल्क आँखा र दाँत सम्बन्धी बृहत् शिविरको पहिलो दिन मोतियाबिन्दु भएका १८ जना बृद्धबृद्धाको आँखाको शल्यक्रिया गरिएको छ ।

आज शल्यक्रिया गरिएको १८ जनाको आँखाको पट्टि खोलिएको छ । बर्षौदेखि आँखा नदेखेका मानिसहरुले शल्यक्रिया पश्चात आँखा देखेपछि खुसी भएका छन् ।

शिविरको पहिलो दिन २ सय ४ जनाले आँखाको उपचार गराएका छन् । बिरामीहरुलाई आवश्यक अनुसारको चस्मा तथा औषधी वितरण गरिएको छ । त्यस्तै २ सय जनाले दन्त सम्बन्धी सेवा लिएका छन् ।

सेयर गर्नुहोस्: