Skip to content

बागमतीको भुवनचुलीमा दंगालको हत्या आरोपमा पक्राउ परेका ७ जना सार्बजनिक

बागमतीको भुवनचुलीमा दंगालको हत्या आरोपमा पक्राउ परेका ७ जना सार्बजनिक
प्रकाशित:
शब्दको आकार

 हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियाका मिलन दंगालको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेर अनुसंधान अगाडी बढाएको छ । यही चैत १९ गते बेलुकाको समयमा मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–८ भुवनचुलि देउडीभञ्ज्याङ स्थित धरान चतरा सडकको नालीमा हत्या गरिएको अवस्थामा दंगाल फेला परेका थिए ।

उनीहरुलाई हत्या गरेको आसंकामा प्रहरीले चार जना सहिला सहित सात जनालाई पक्राउ गरेर जिल्ला अदालत मकवानपुरमा सात दिनका लागि म्याद थप गरेको छ । हटिया बस्ने ३७ को मिलन दंगाल चैत २० गते बिहान साढे ६ बजेको समयमा मृत अवस्थामा फेला परेको भनि प्राप्त सुचनाको आधारमा प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटि गई प्रारम्भिक अनुसन्धानको क्रममा सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।

पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका वडा नंम्बर–३ बस्ने ३६ वर्षिय प्रशान्त लामा, ललितपुर गोदावारी नगरपालिका वडा नंबर– १२ बस्ने २४ वर्षिय किसन दानी बारा निजगढ नगरपालिका वडा नम्बर–३ बस्ने १९ वर्षकी इनिसा तिमल्सेना,

हेटौडा उपमहानगरपालिका वडा नंम्बर– १५ बस्ने १९ वर्षकी सुस्मिता तामाङ, सिन्धुली मरिण गाउँपालिका वडा नम्बर –७ बस्ने २० वर्षिय शर्मिला मुक्तान, सोही ठाउँकी १९ वर्षिय रोजिना तामाङ, हेटौडा –१६ बस्ने २८ वर्षिय सुजन पौडेल रहेका छन् ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts