Skip to content

महिला मानवअधिकार रक्षक सञ्जाल सिन्धुलीको अध्यक्षमा बिमला पाण्डे निर्वाचित

महिला मानवअधिकार रक्षक सञ्जाल सिन्धुलीको अध्यक्षमा बिमला पाण्डे निर्वाचित
प्रकाशित:
शब्दको आकार

सिन्धुली – महिला मानवअधिकार रक्षक सञ्जाल सिन्धुलीको अध्यक्षमा पत्रकार तथा मानव अधिकारकर्मी बिमला पाण्डे निर्वाचित भएकी छिन् । शनिबार सिन्धुलीमाढीमा सम्पन्न सञ्जालको पाँचौ जिल्ला सम्मेलनबाट उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन ।

जिल्लामा लामो समयदेखि पत्रकारीता र मानवअधिकारको क्षेत्रमा क्रियाशिल रहेकी पाण्डे महिला मानवअधिकार रक्षक सञ्जाल सिन्धुलीको संस्थापक सदस्य पनि हुन । उनले यस अघि मानवअधिकारका क्षेत्रमा कार्यरत संस्था इन्सेकको जिल्ला प्रतिनिधि भई आठ वर्ष काम समेत गरि सकेकी छिन । उनी विगत २२ वर्षदेखि पत्रकारीता गर्दै आएकी छिन । उनले महिलाका सवालमा निरन्तर कलम समेत चलाउँदै आएकी छिन । 

सम्मेलनले पाण्डेको अध्यक्षतामा ११ सदस्य र तीन संस्थागत सदस्य गरी १४ सदस्य रहेको नयाँ कार्यसमिति चयन भएको छ ।सम्मेलनबाट सञ्जालको उपाध्यक्षमा बविता थापा, महासचिवमा मनिषा पोखरेल, सहसचिवमा सरिता राई र कोषाध्यक्षमा करुणा थापा निर्वाचित भएका छन ।

यस्तै सदस्यमा निर्मला रम्तेल, कुमारी बुद्धिमाया स्याङतान, विष्णु पाण्डे, सम्झना रोक्का, तोतादेवी लामिछाने, देवी देवकोटा निर्वाचित भएका छन । यस्तै संस्थागत सदस्यमा क्रियाशिल पत्रकार महिला सिन्धुली, ओसिएमसी सिन्धुली र सेफ हाउस सिन्धुली निर्वाचित भएका छन ।

सञ्जालका अध्यक्ष अप्सरा खड्काको अध्यक्षतामा सम्पन्न सम्मेलनमा जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की, कमलामाई नगरपालिका सिन्धुलीका उपप्रमुख मञ्जु देवकोटा, सञ्जालका संस्थापक अध्यक्ष गंगा दाहाल, सल्लाहकार तथा संस्थापक सचिव सविता कोइराला, सल्लाहकार पार्वती भट्टराईले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण उपाध्यक्ष रमा कार्कीले गरेकी थिईन ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts