Skip to content

सातौं बागमती गोल्डकप: तेस्रो दिन आज आर्मी र चर्च व्वाइज भिड्दै

सातौं बागमती गोल्डकप: तेस्रो दिन आज आर्मी र चर्च व्वाइज भिड्दै
प्रकाशित:
शब्दको आकार

बागमती: सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनल चरणका खेल आज सोमबारबाट सुरु हुँदैछ। बागमती(४ स्थित सहिद स्मृति रंगशालामा हुने पहिलो क्वाटरफाइनल खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लब र चर्च व्वाइज क्लब भिड्नेछन् ।

दुई टिमबीचको खेल दिउँसो सुरु हुनेछ। विजय टिमले एपीएफ र संकटा क्लबसँग सेमिफाइनल खेल खेल्नेछ । प्रतियोगिताका अवलोकन गर्न मैदान प्रवेशका लागि ५० रुपैयाँ मात्र टिकट तोकिएको छ।

आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts