Skip to content

हरिहरपुरगढी स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

हरिहरपुरगढी स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
प्रकाशित:
शब्दको आकार

सिन्धुली: सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा गाउँपालिका स्तरिय अन्तर विद्यालय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आइतबार एक समारोहबीच हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष वाइबाले खेलकुदसँग राष्ट्रको इज्जत र प्रतिष्ठा गाँसिएको बताउनुभयो । “खेलकुद केवल प्रतियोगिता र जित हार मात्र होइन । यसमा पर्यटन, राष्ट्रको इज्जत र प्रतिष्ठा गाँसिएको छ,’’ अध्यक्ष वाइबाले भन्नुभयो, ‘‘त्यसैले खेलकुदमा गरिएको लगानी खेर जान दिन हुँदैन ।’’

खेलकुदका लागि गाउँपालिकाले बर्सेनि बजेट विनियोजन गरिरहेको भए पनि अपेक्षाअनुरुपको प्रगति हासिल हुन नसकेको उहाँले गुनासो गर्नुभयो । खेलकुदमा परिवर्तन नआउनुको कारण खेलकुद समिति र विद्यालय दुवै जिम्मेवार रहेको अध्यक्ष वाइबाले बताउनुभयो । त्यसैले खेलकुद समिति र विद्यालयका प्रधानाध्यापकले कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने उहाँको सुझाव थियो ।
‘‘गाउँपालिका सरकारले खेलकुदमा गरेको लगानी खेर जान नदिन सम्बन्धित सबैले तदारुकता देखाउन आवश्यक छ,’’ उहाँले भन्नुभयो ।

गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङले खेलकुदको नारा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भनिए पनि खेलाडीहरुले आफ्नै लागि हो भन्ने सम्झिएर खेल्नुपर्ने बताउनुभयो । आफ्नै लागि भनेर खेलियो भने मात्रै पालिका, प्रदेश र राष्ट्रको नाम राख्न सकिने बताउनुभयो ।

उहाँले विद्यालयका शिक्षकहरुले नै दक्ष जनशक्ति उत्पादन गरेर विदेश पलायन हुने शिलशिलाको अन्त्य गर्न सक्ने बताउनुहँदै यसका लागि ध्यानाकर्षण गराउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकाराले गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्न गाउँपालिका लागिपरेको बताउनुभयो । यस्ता प्रतियोगिता आयोजना गरेर खेलकुदमैत्री वातावरण निर्माण गर्न आवश्यक प्रशासनिक सहयोग गरिँदै आएको उहाँको भनाइ छ ।
प्रतियोगिता अन्तर्गत आइतबार सटफुट, ज्याबलिङ थ्रो र एथलेटिक्सतर्फका केही खेलहरु सम्पन्न भएको छ।

युवा तथा खेलकुद विकास समिति हरिहरपुरगढीका अध्यक्ष लक्ष्मी बहादुर राई हिमालको अध्यक्षतामा भएको कार्यक्रममा हरिहरपुरगढीका उपाध्यक्ष चेखबहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा, वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts