Skip to content

सिन्धुली हरिहरपुरगढिका सोनामले ग्याल्मो लिएर आए

सिन्धुली हरिहरपुरगढिका सोनामले ग्याल्मो लिएर आए
प्रकाशित:
शब्दको आकार

काठमाडौँ– सिन्धुली हरिहरपुरगढि - ५ स्थायी घर भएका रङ्गकर्मी तथा गायक सोनाम लामाको सेलो भाकाको गीत´ग्याल्मो ´को म्युजिक भिडियो सार्बजनिक भएको छ । सानै उमेर देखि गाउनमा रुचि राख्ने लामा बिध्यालयमा पढ्दै गर्दा पनि बिबिध कार्यक्रममा गीत गाउने गर्थे ।अन्तत लामो समय पछि उनले पहिलो गीत अहिलेकि चर्चित तामाङ सेलो गायिका सुमिना लो को आवाज समेट्दै गीत बजारमा ल्याएका हुन ।

पर्पल स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोले तामाङ समुदायको परम्परागत संस्कार देखाइएको छ। 

गायक साेनाम र फुलमान बलको शब्द रहेको गीतमा सुसन लामाले संगीत भरेका छन्। फणीन्द्र राईको संगीत संयोजन रहेको गीतको मिक्सिङ र मास्टरिङ सुमन खड्काले गरेका छन्।

गीतकोे भिडियोमा अनु थापा, सोनाम लामा, सुर्यमान लिम्बू, सुनिल तामाङ, ज्ञानबहादुर दोङ, उत्तर कुमार लामा, सेते लामा र बाल कलाकार दिप पाख्रीन, अम्बो तामाङ र रोनक लामाको अभिनय छ।

इँगिहोपो कोँइच सुनुवार र सोनाम लामाको कथा रहेको गीतको भिडियो निर्देशन सोनाम लामाले  नै गरेका छन् भने अनिल लामाको सम्पादन छ।

गीत जेसुम क्रियसनको प्रस्तुति र ममा आर्ट्सको सहकार्यमा निर्माण भएको हो। गीत जेसुम क्रियसनकै अफिसियल युट्यब च्यानलबाट सार्वजनिक गरिएको छ।

https://youtu.be/l6pEZGvEY0A?si=Bc3pVIV_OMfC93z-
अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Comments

Related Posts