Skip to content

भारतमा भएको तेक्वान्दो च्याम्पियनसिपमा ४ स्वर्णसहित ११ पदक नेपाली खेलाडिले हात पारे

भारतमा भएको तेक्वान्दो च्याम्पियनसिपमा ४ स्वर्णसहित ११ पदक नेपाली खेलाडिले हात पारे
प्रकाशित:
शब्दको आकार

काठमाडौँ — भारतको देहरादुनमा सम्पन्न सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्णसहित ११ पदक जितेका छन् । ४ स्वर्णसहित ३ रजत र ४ कांस्य सहित नेपाली खेलाडिले जित्न सफल भएका छन ।

पुरुष ४५ केजीमुनि तर्फ वृजेश रायमाझी, ३२ केजीमुनि तर्फ रघुनाथ भण्डारी, ५० केजीमुनि सोफिक बराइली र ४५ केजीमुनि तर्फ सुजित कार्कीले स्वर्ण जिते । आभास डिओले पुरुष ३२ केजीमुनि तर्फ र एकल पुम्सेमा गरी दुई रजत जिते भने ३७ केजीमुनि तर्फ सोहन तामाङले रजत जित्न सफल भएका हुन ।

त्यसैगरी पुरुष ४१ केजीमुनि तर्फ क्षितिज घले, ५५ केजीमुनि तर्फ असिम घिमिरे, ३५ केजीमुनि तर्फ दिप्सन थापा र एकल पुम्सेमा वृजेश रायमाझीले कांस्य प्राप्त गरेका छन ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts