Skip to content

पत्रकार महासंघ सिन्धुलीको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी 

पत्रकार महासंघ सिन्धुलीको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी 
प्रकाशित:
शब्दको आकार

सिन्धुली । प्रेस चौतारी नेपाल सिन्धुली शाखाले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको सिन्धुलीमाढीस्थित कार्यालयमा तालाबन्दी गरेको छ।

केन्द्रीय कार्यसमितिले सार्वजनिक गरेको सदस्यता नामावलीमा असन्तुष्टि जनाउँदै चौतारी सिन्धुलीले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष कृष्णहरि घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएर तालाबन्दी गरेको छ।

नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यताका विषयमा सिन्धुली जिल्लाका क्रियाशील पत्रकार सम्बद्ध संघसंगठनहरुका अध्यक्ष एवम् प्रतिनिधि र नेपाल पत्रकार महासंघ सिन्धुली बिचमा सहमति  भई पत्रकार महासंघ जिल्ला कार्यसमितिको बैठकले अनुमोदन गरेर प्रदेशलाई पठाएकोमा सो सङ्ख्यामा आफू खुसी प्रदेश समितिले किर्ते गरी सदस्य सङ्ख्या थप गर्न भनी केन्द्रीय समितिलाई पठाएको र सो सङ्ख्यालाई महासंघको केन्द्रले समेत कायम गरेकोले  प्रेस चौतारी नेपाल सिन्धुलीले ध्यानकर्षणपत्र सहित तालाबन्दी गरेको जनाएको छ।

जिल्ला शाखाले गरेको सर्वसम्मत नामावली सिफारिसमा मनपरी गर्ने, आफूखुसी सङ्ख्या थप्ने, जालझेलपूर्ण काम गर्ने बागमती प्रदेश समितिप्रति खेद व्यक्त गर्दै सो किर्ते कामलाई अस्वीकार गर्ने प्रेस चौतारी नेपाल सिन्धुलीका अध्यक्ष वाई.पी. विनयले बताए ।  उनले सिन्धुली शाखाले सर्वसम्मत पठाएको नामावली अनुसारको सदस्यता कायम नभएसम्म  सिन्धुली शाखा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्ने, थपिएको भनिएको सदस्यता सङ्ख्यालाई आधार मानेर मङ्सिर २८ गते तोकिएको निर्वाचन हुन नदिने विनयले चेतावनी चेतावनी समेत दिए।

महासंघ केन्द्रीय समितिले गरेको निर्णय तत्काल नसच्चाएर सार्वजनिक सदस्यता सूचीकै आधारमा बलपूर्वक निर्वाचन गराउन खोजिए प्रेस चौतारी नेपाल सिन्धुली शाखाले निर्वाचनको कुनै पनि गतिविधि सञ्चालन गर्न समेत नदिइने उनले बताए ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts