Skip to content

देवास राई भाषा पढाइ प्रवाहबारे सरोकारवाला निकायसँग बैठक

देवास राई भाषा पढाइ प्रवाहबारे सरोकारवाला निकायसँग बैठक
प्रकाशित:
शब्दको आकार

बागमती: मकवानपुरको बागमती गाउँपालिकामा देवास राई भाषा पढाइ प्रवाहबारे सरोकारवाला निकायसँग बैठक र अभिमुखिकरण भएको छ । सोमबार हिमाली आदिवासी समाज नेपालको आर्थिक सहयोग तथा देवास राई कल्याण समाजको आयोजनामा बैठक र अभिमुखिकरण भएको हो ।

देवास राई कल्याण समाजका केन्द्रीय अध्यक्ष आशमान राईको अध्यक्षता तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पालिका अध्यक्ष घलानले संविधानमा व्यवस्था भए अनुसार सबै जातिले पाएको अधिकारको प्रयोग गर्नुपर्ने बताउनुभयो। अहिलेको संविधानमा व्यवस्था गरिएको अधिकार गुमाउन सक्ने अवस्था पनि रहेकोले त्यसलाई जोगाउन लाग्नुपर्ने उहाँको भनाई छ । बागमती प्रदेशमा तामाङ र नेवार भाषालाई सरकारी कामकाजको भाषा बनाएको भन्दै अब अन्य भाषाहरुको सुरुवात गर्न लाग्नुपर्ने बताउनुभयो । संस्थाले एक महिनाभरी मकवानपुर र सिन्धुलीमा गरि भाषा पढाइ प्रवाहबारे प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रममा हिमाली आदिवासी समाज नेपालकि म्यानेजर छिङचिजा ल्होमीले प्रस्तुतीकरण गराउनुभयो । उहाँले वर्ण निर्माण कार्यक्रम, शब्दकोष निर्माण, अनौपचारिक साक्षरता कार्यक्रम, डिजिटल लेखन र परम्परागत ज्ञान, सिप संरक्षण र सम्बर्द्धनबारे जानकारी गराउनुभयो ।

कार्यक्रम बागमती-३ का वडाध्यक्ष एवम् प्रवक्ता कमान सिं पाखृन, पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम दर्जी, वडा नम्बर एकका कार्यबाहक वडाध्यक्ष हस्त तामाङ, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ का अध्यक्ष विश्व राई लगायतको आतिथ्यता रहेको थियो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts