सिन्धुलीको बागमती नदि किनारमा एक पुरुषको बेबारिसे लास फेला परेको छ।हिजो शनिबार मध्यान्ह १२ बजे हरिहरपुरगढी- १ बादरेघाट स्थित बागमती नदि किनारमा पहिचान नखुलेको अन्दाजी २५ बर्षको बेबारिसे लास फेला परेको हो।
स्थानियले बागमती नदिमा माछा मार्ने क्रममा लाश देखेपछि प्रहरीलाई खबर गरेका थिए। पहिचान नखुलेको लाशको हातमा ट्याटु समेत रहेको प्रहरीले जनाएको छ। बेबारिसे पुरुषको लासलाई ,हरिहरपुरगढी प्रहरी चौकी , ईलाका प्रहरी कार्यालय कपिलाकोट, स्थानीय र जनप्रतिनिधिको सहयोगमा पोस्टमार्टमको लागि जिल्ला अस्पताल सिन्धुली पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।




