Skip to content

मकवानपुरमा खोलामा डुबेर एक वालिकाको मृत्यु

मकवानपुरमा खोलामा डुबेर एक वालिकाको मृत्यु
प्रकाशित:
शब्दको आकार

बागमती।मकवानपुरको बागमतीमा पौडी खेल्न गएकी १३ वर्षीया बालिकाको चिरुवा खोलामा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुर घर भई हाल मामाघरमा बस्दै आएका सन्तोष तामाङकी छोरी रुबिना तामाङ रहेकी छिन् ।

मकवानपुर प्रहरीका अनुसार बागमती गाउँपालिका- १ हात्तीढुङ्गास्थित चिरुवा खोलामा डुबेर उनको मृत्यु भएको हो। रुबिनासहित तीनजना चिरुवा खोलामा नुहाउने क्रममा  रुबिना डुबेको भनी निजकी बहिनी यलिना तामाङले घरमा खबर गरेकी थिइन् ।

खबर पाउनासाथ हजुरबुबा दुखुवा राईसहित छिमेकीहरूले रुबिनालाई उद्धार गरी उपचारका लागि बागमती -४ झुरझुरेस्थित सान्भी हेल्थ क्लिनिकमा पुर्‍याएको थियो ।तर रुबिनालाई डाक्टरले मृत घोषणा गरेको थियो। मृतक रुबिनाको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान थालिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts