Skip to content

हरिहरपुरगढी गाउँपालिकामा दशैँ तिहार छठको शुभकामना कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिकामा दशैँ तिहार छठको शुभकामना कार्यक्रम सम्पन्न
प्रकाशित:
शब्दको आकार

झनझने,असोज २१:सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आज नेपालीको महान चाड बिजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाको सभाध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, वडा नं.३ का वडाध्यक्ष कुल बहादुर भोलन,कार्यपालिका सदस्य मोहनकाजी विश्वकर्माको आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्नुहुदै अध्यक्ष वाईबाले महान चाड दशैँ ,तिहार ,छठ आफ्नो हैसियत आफ्नो परम्परा अनुसार सौहार्दपूर्ण बाताबरणले मनाउनु पर्ने बताउनुभयो।

कार्यक्रममा अध्यक्ष वाईबाले शाखागत शाखा प्रमुख,वडा सचिव तथा स्वास्थ्य चौकी,सामुदायीक स्वास्थ्य केन्द्र, ईकाई प्रमुख ,कर्मचारी जनप्रतिनिधिलाई दशैँको टिका जमारा लगाई दिनुभयो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts