झनझने,असोज १९: हिजो राति परेको बर्षाले मदन भण्डारी राजमार्ग अन्तरगत पर्ने हरिहरपुरगढी -४ हाक्पारा खण्डको अबरुद्द सडक खोलिएको छ।हरिहरपुरगढी पालिका प्रमुख बज्रध्वज वाईबाको पहलमा अबरुद्द सडक खोलिएको हो।
बिपी राजमार्ग बन्द भएपछि अधिकांस पूर्व जाने साना ठुला गाडीहरु यहि राजमार्ग भएर गैरहेको छ। जाममा परेका गाडी अहिले बाटो खुले पछि गन्तब्य तर्फ गैरहेका छन्। गाडीको चाप बढेकोले दुर्घटना हुने सक्ने भन्दै सचेत र सुरक्षित तरिकाले सवारी साधन चलाउनु पर्ने वाईबाले बताउनुभयो।
सिन्धुलीको हरिहरपुरगढी हाक्पाराको अबरुद्द सडक खुल्यो

प्रकाशित:
शब्दको आकार

अपडेट भएको:

