Skip to content

हरिहरपुरगढीमा बाढी पिडितलाई राहत बितरण

हरिहरपुरगढीमा बाढी पिडितलाई राहत बितरण
प्रकाशित:
शब्दको आकार

असोज १७, झनझने: सिन्धुलीको हरिहरपुरगढीमा असोज ११,१२ मा परेको अविरल वर्षा र बागमति नदीमा आएको बाढीले प्रत्यक्ष बाढी पीडित ,विपद् प्रभावित परिवारहरुलाई जिल्ला प्रशासन कार्यालय सिन्धुली ,जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुली संयोजक एंव सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयालको संयोजकत्वमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली, प्लान ईन्टरनेशनल (ह्याण्ड्स नेपाल र जेएसडिपी), वर्ल्ड भिजन ईन्टरनेशनल (रिलिफ नेपाल र सीड्स नेपाल) को सहयोग, सहकार्य र हरिहरपुरगढी गाउँपालिकाको समन्वयमा गाउँपालिकाको विभिन्न वडाका ११ घर परिवारलाई राहत वितरणको गरिएको छ ।बाढीले पालिकाको वडा नम्बर १,२,३ वडाका क्षेत्रमा धेरै प्रभावित पारेको थियो , करिब १००० बिगाहा धान खेतमा क्षती पुगेको छ भने ,नदि किनाराका घर बगाउनुको साथै क्षति पुगेको थियो ।

गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवाको सहजीकरणमा, बागमति प्रदेशसभा सदस्यहरु गंगा नारायण श्रेष्ठ र सुष्पा भुजेल , सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयाल ,वडा अध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकरा, शाखागत प्रमुखहरु, स्थानीय नेता तथा जनप्रतिनिधिहरु, बुद्धिजिविहरुको उपस्थितिमा राहत बितरण गरिएको थियो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts