सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा असोज ११,१२ गते आएको प्राकृतिक बिपत्ति बारे आकस्मिक बिपत ब्यबस्थापनको बैठक बसेको छ।
बैठकमा बाढी पिडितलाई आपतकालिन राहत वितरण ,बाढी प्रभावित क्षतिको विवरण ,बाढी प्रभावित वितरण प्रदेश सरकार /नेपाल सरकारलाई क्षति पूर्तिको लागि अनुरोध गर्ने ,सम्भावित जोखीम न्यूनीकरणको लागि बागमति किनारामा तटबन्ध ,बाढीले बगाएर ल्याएको बेबारिसे लास ,चट्याङ्ग बाट मृत्यु /घाइते भएको क्षतिपूर्ति ,आगलागी राहत ,बाढी प्रभावितहरुलाई राहत वितरण ,बाढी जोखिम रहेका पूर्वाधारहरुको पुन निर्माण गर्ने सम्बन्धमा छलफल चलेको थियो
छलफलमा प्राकृतिक प्रकोपमा परि मृत्युभएका परिवारलाई आर्थिक सहायता,घाइतेलाई उपचार खर्च , बाढी पिडितलाई अति बिपन्न परिवारलाई खाधान्य राहत दिने निर्णय भएको छ , त्यस्तै पालिका भरि बाढी पिडितका स्थलगत रिपोर्ट माथि छलफल गरिएको थियो।
बैठकमा पालिका प्रमुख बज्रध्वज वाईबा,उप प्रमुख चेख बहादुर थिङ,कार्यपालिका सदस्यहरु ,वडा अध्यक्षहरु ,शाखागत कर्मचारी,प्रहरी प्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहेको थियो।
हरिहरपुरगढीमा बिपत व्यबस्थापनको आकस्मिक बैठक

प्रकाशित:
शब्दको आकार

अपडेट भएको:


