Skip to content

बाढीपहिरोबाट १७ अर्बको क्षति, २२४ ले ज्यान गुमाएको अनुमान

बाढीपहिरोबाट १७ अर्बको क्षति, २२४ ले ज्यान गुमाएको अनुमान
प्रकाशित:
शब्दको आकार

नेपाल सरकारले असोज १० देखि १२ सम्म निरन्तरको झरीपछि गएको बाढीपहिरो र डुबानबाट हालसम्म १७ अर्बको क्षति अनुमान र २२४ जनाले ज्यान गुमाएकाे अनुमानित प्रारम्भिक विवरण सार्वजनिक गरेकाे छ।
प्रधानमन्त्री केपी शर्माले ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले विपद् घटनामा भएको जनधनको क्षति विवरणबारे पत्रकारलाई जानकारी दिएका हुन्।
मुख्यसचिव अर्यालका अनुसार हालैको झरीले २१ जिल्ला प्रभावित बनेको, २४ जना बेपत्ता, १५८ घाइते र ४ हजार ३३१ जनाको उद्धार गरिएको छ।
बाढीपहिरो र डुबानका कारण सबैभन्दा बढी क्षति कृषि क्षेत्रमा भएको छ। कृषिमा ६ अर्ब बराबरको क्षति भएको सरकारी अनुमान छ। यस्तै, खानेपानी आयोजनामा ३ अर्ब ५५ करोड, सडकमा २ अर्ब ५२ करोड, ऊर्जामा ४ अर्ब, सिँचाइमा १ अर्ब क्षतिको प्रारम्भिक अनुमान गरिएको मुख्यसचिव अर्यालले जानकारी दिए।
बाढीपहिरोबाट ३७ राजमार्ग अवरुद्ध भएकामा बुधबार ४ बजेसम्म ९ वटा सञ्चालन आएका छन्। ३४ निर्माणाधीन जलविद्युत आयोजनामा क्षति पुगेको मुख्यसचिव अर्यालबाट सार्वजनिक विवरणमा उल्लेख छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts