Skip to content

अविरल बर्षाले कुलेखानी बाँध भरिन लाग्यो ,सतर्क रहन अनुरोध

अविरल बर्षाले कुलेखानी बाँध भरिन लाग्यो ,सतर्क रहन अनुरोध
प्रकाशित:
शब्दको आकार

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित कुलेखानी ड्याम केही घन्टामा भरिने स्थिति देखिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएको बताइएको छ। कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको हुँदा कुलेखानी देखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ एलर्टमा बस्न अनुरोध गरेको छ।
साथै सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले समेत सुरक्षित स्थानको पूर्व तयारी गर्नु जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुचना जारि गरेको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts