मेरो पत्र Logo

आबुखैरेनी बस दुर्घटनामा मृत्यु हुनेको संख्या २१ पुग्यो, २२ घाइते

Mero Patra
मेरो पत्र
ad
आबुखैरेनी बस दुर्घटनामा मृत्यु हुनेको संख्या २१ पुग्यो, २२ घाइते
adad

शुक्रबार दिउँसो करिब साढे एक बजे पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेटको उक्त बस तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ बाट मर्स्याङ्दी नदीमा खसेको थियो । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय नम्बर प्लेटको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐन पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो ।पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको हो । बसमा भारतीय पर्यटकहरु सवार थिए । कूल ४३ जना सवार रहेको उक्त बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका १६० भन्दा बढी खटिएका थिए ।

सेयर गर्नुहोस्: