मेरो पत्र Logo
मेरो पत्र Logo
सेयर गर्नुहोस्:

बागमती प्रदेशमा भदौ ४ मा गाईजात्राको सार्बजनिक बिदा

लेखक
मेरो पत्र
ad
बागमती प्रदेशमा भदौ ४ मा  गाईजात्राको सार्बजनिक बिदा
adad

बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आजको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गाईजात्रा पर्वका अवसरमा आगामी मंगलबार बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

गाइजात्रा नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व हो । गाईजात्रामा वर्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।

ad