Skip to content

हरिहरपुरगढीमा छोराले बन्चरो प्रहार गर्दा बाबुको मृत्यु

हरिहरपुरगढीमा छोराले बन्चरो प्रहार गर्दा बाबुको मृत्यु
प्रकाशित:
शब्दको आकार

सिन्धुलिको हरिहरपुरगढी क्यानखोलामा छोराले आफ्नै बाबुलाई बन्चरो प्रहार गर्दा बाबुको मृत्यु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ पञ्चचौरी लामपातेका ५८ वर्षिय लाल बहादुर घिमिरे (वि.क.)लाई उनकै माईलो छोरा २१ वर्षिय अमृत घिमिरे(वि.क.)ले बञ्चरो प्रहार गरि हत्या गरेका हुन ।

हिजो बेलुका साढे आठ बजेतिर सुतिरहेको अबस्थामा बाबुलाई छोराले बञ्चरो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।बञ्चरोले टाउकोमा प्रहार गर्दा लाल बहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।बाबुको हत्या गर्ने छोरा अमृतलाई सोमबार राती नै बञ्चरो सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए । घटनाको अनुसन्धान भईरहेको र प्रारम्भिक अनुसन्धान अनुसार अमृतको मानसिक अवस्था ठीक नभएको भन्ने जानकारी प्रहरीले बताएको छ। लालबहादुरको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा ल्याईएको प्रहरीले जनाएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts