Skip to content

मनोज झपेन्द्र स्मृति दिवस- कारागारका आश्रित बालबालिकालाई शैक्षिक सामाग्री वितरण

मनोज झपेन्द्र स्मृति दिवस- कारागारका आश्रित बालबालिकालाई शैक्षिक सामाग्री वितरण
प्रकाशित:
शब्दको आकार

सिन्धुलीमाढी । सिन्धुली कारागारमा रहेका आश्रित बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ।

सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस–२०८१ को अवसरमा नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीले कारागारमा ११ जना आश्रित बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो।

कैदी जीवन बिताइरहेका महिला कैदी बन्दीहरूका आश्रित बालबालिकाहरूलाई सहज होस भनेर अध्ययन गर्न सहयोग पु¥याउने उद्देश्यले भित्ते अध्ययन सामग्री, कपि, पेन्सिल र खेलकुद सामग्री वितरण गरिएको निजामती कर्मचारी संगठन सिन्धुलीका सचिव डिल्ली सौगात घिमिरेले माईशिर डटकमलाई जनाकारी दिए।सिन्धुली शाखा अध्यक्ष पदम मगर अध्यक्षता,नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय निर्वाचन आयोग सदस्य फडिन्द्र ढुङ्गेलको प्रमुख आतिथ्यता,  पेसागत महासङ्घ नेपाल केन्द्रीय सदस्य भरत श्रेष्ठ, नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ लगायतको आतिथ्यतामा कार्यक्रम भएको हो।कर्मचारीहरूको हक हित र राष्ट्रिय हितको आन्दोलन गर्ने क्रममा राज्य पक्षबाट नै सहादत प्राप्त गरेका झपेन्द्र कार्की, मनोज जोशी र सुरेन्द्र बिक को सम्झनामा शैक्षिक सामग्रीहरू वितरण कार्यक्रमको आयोजना गरिएको कर्मचारी संगठनले जनाएको छ ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts