Skip to content

शैक्षिक ज्ञानसँगै व्यवहारिक शिक्षा प्रदान गर्दै नमुना

शैक्षिक ज्ञानसँगै व्यवहारिक शिक्षा प्रदान गर्दै नमुना
प्रकाशित:
शब्दको आकार

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा रहेको नमुना इङ्गलिस आवासीय विद्यालयले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यवहारिक शिक्षा पनि प्रदान गर्दै आइरहेको छ।

गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा चन्द्रपुर नगरपालिकामा सर्वोत्कृष्ट हुन सफल विद्यालयले प्रत्येक शुक्रबार विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानहरु सिकाइरहेको विद्यालयका प्रिन्सिपल लोक श्रेष्ठले बताउनुभयो । उहाँले विद्यालयले अन्य दिन पनि विद्यार्थीहरूलाई शैक्षिक क्रियाकलापसँगै सिकाई क्रियाकलाप पनि गराइरहेको र शुक्रबार बुक फ्री फ्राइडेको अवधारणा लागू गरेर त्यो दिन विद्यार्थीहरुलाई दैनिक व्यवहारमा गर्नुपर्ने सानादेखि ठूला क्रियाकलापहरू सिकाइरहेको जानकारी दिनुभयो। सो दिन विद्यालयले विद्यार्थीहरूलाई जुत्ताको तुना बाँध्ने , कपडामा आइरन लगाउने, विभिन्न सामग्रीहरू बनाउने,दुना टपरी गास्ने,कपासबाट बत्ती काट्ने,वक्तृत्वकला, कविता लेखन,नृत्य लगायतका व्यावहारिक ज्ञानहरू प्रदान गर्दै आइरहेको विद्यालयकी सञ्चालक लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यालयले विद्यार्थीलाई किताबी ज्ञान मात्रमा सिमित नराखेर आफूलाई आवश्यक पर्ने सामान्य व्यवहारिक सिकाईहरू पनि सिकाइरहेको र आगामी दिनमा विद्यार्थीहरुलाई उनीहरूको समग्र व्यक्तित्व विकासमा आवश्यक क्रियाकलापहरु पनि चरणबद्ध ढंगले सञ्चालन गर्ने विद्यालयको योजना रहेको श्रेष्ठको भनाइ छ।

सञ्चालक श्रेष्ठका अनुसार २५ वर्षदेखि निरन्तर विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको नमुनाले विद्यार्थीहरूको शैक्षिक तथा व्यावहारिक विकासको लागि गर्ने क्रियाकलापहरुबाट अभिभावक तथा विद्यार्थीहरू निकै सन्तुष्ट रहेका छन् ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts