Skip to content

करेन्ट लागेर बागमती बेतिनिका बम्जनको मृत्यु

करेन्ट लागेर बागमती बेतिनिका बम्जनको मृत्यु
प्रकाशित:
शब्दको आकार

मकवानपुरको बागमती गाउँपालिका - ९ बेतिनिमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । माझीखोला स्थित नेपाल प्रेम चर्चको भवनमा वाइरिङ गर्ने क्रममा बागमती -९ बेतेनी बस्ने २० वर्षका रामराज बम्जन एक्कासी करेन्ट लागि अचेत अवस्थामा उपचारको लागि हेटौडा अस्पतालतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । अचेत अवस्थामा रहेको बम्जनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा ५ बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको थियो ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts