Skip to content

किशोरीहरुमा महिनावारि सम्बन्धि चेतना फैलाउदै हरिहरपुरगढीका बिद्यालय नर्स

किशोरीहरुमा महिनावारि सम्बन्धि चेतना फैलाउदै हरिहरपुरगढीका बिद्यालय नर्स
प्रकाशित:
शब्दको आकार

बागमती प्रदेश सरकारले 'एक विद्यालय एक नर्स' कार्यक्रम संचालन गरे संगै सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा बिशेषगरि बिधार्थी छात्राहरुमा स्वास्थ्य सम्बन्धि चेतनाको बृदि भएको छ। हाल पालिकाको तिन वटा बिद्यालय हरिहरपुर माबि,जनता माबि ,माबि महेन्द्र झयाडीमा बिद्यालय नर्स कार्यरत छन्।
किशोर-किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधार तथा स्वस्थ, सम्मानीत र बिभेदरहित जिबन यापन गर्न पाउनु उनीहरुको मानवअधिकार पनि हो ।नेपालको संविधान धारा ३८ मा महिलाको अधिकारलाइ बिशेष रुपमा उल्लेख गर्दै यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाइ मौलिक अधिकारको रुपमा सुनिश्चीत गरीएको छ । तर पनी हाम्रोजस्तो पित्तृसत्तात्मक समाजमा महिला तथा किशोरीको आफ्नो शरिर माथि आफ्नो अधिकार नहुँदा शारीरिक , मानसीक र सामाजिक रुपमा स्वस्थ र सम्मानीत जिवन यापन गर्न पाउने अधिकारबाट बञ्चित भएको उनीहरुको भोगाइ, बिभिन्न खोज र अनुसन्धानले पुष्टि गर्दछ ।


अझै पनि ग्रामिण क्षेत्रमा महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्यलाई लाज र अपमानको रुपमा बुझ्ने कु प्रचलन हाम्रो समाजमा अझै छ । नेपालमा १५ देखि ४४ वर्ष उमेर समुहका महिला तथा किशोरीहरुको प्रमुख स्वास्थ्य समस्या यौन तथा प्रजनन् स्वास्थ्य हो । महिनावारी बिभेद छुवाछुत जस्ता हानीकारक प्रथा परम्पराजन्य अभ्यासलाइ कानुनले नै दण्डणिय बनाइसकेको अबस्थामा पनि हाम्रो समुदायमा महिनावारी सम्बन्धि गलत धारणा र त्यसबाट सीर्जित बिभेदकारी अभ्यास ब्याप्त छन ।
जसले गर्दा महिला तथा किशोरीहरुको आत्म बिश्वास घट्ने, बिभिन्न अबसरबाट बन्चित हुने, सार्बजनीक स्थलहरुमा पहुँच नहुने, अमानवीय ब्यवहार भोग्नुपर्ने, सुरक्षित प्याडको प्रयोग र सरसफाइ बाट बन्चित हुने अबस्था छ । पर्याप्त सुचनाको अभाब र स्वास्थ्य लाई प्राथमिकता दिन नपाउँदा बिभिन्न यौन तथा प्रजनन स्वास्थ्य समस्या भोग्नुपरेको छ।
हरिहरपुरगढी गाउँपालिकामा बिद्यालय नर्स आए संगै अध्ययन गर्ने किशोरीहरुमा परिबर्तन आएको छ। पहिले आफ्नो समस्या भन्न पनि लजाउने ,डराउने गरेका किशोरीहरु अहिले खुलेर यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी लिने गरेको र बिद्यालयमा समय समयमा महिनावारी स्वास्थ्य तथा व्यवस्थापन बारे किशोरिहरुलाई सन्देशमुलक जानकारी पनि दिदै आईरहेको माध्यमिक बिध्यालय महेन्द्रझ्याडीमा कार्यरत सृजना राई बताउछिन।


प्राय किशोरीहरु आफ्ना समस्या र परिबर्तन बारे बोल्न पनि लजाउने गरेकामा अहिले पहिले भन्दा धेरै सुधार भएको बिस्तारै चेतना फैलाउदै किशोरीहरुमा महिनावारी स्वास्थ्य सम्बन्धिको चेतना स्तर बढ्ने हरिहरपुर माबि घन्टेकी बिद्यालय नर्स इशा पहाडी बताउछिन।
महिनावारी स्वास्थ्य सम्बन्धि बिद्यालयबाट जानेर बुझेर किशोरीहरु आफ्ना आमा तथा परिवारका अन्य महिला सदस्यलाई महिनावारी स्वास्थ्य सम्बन्धि जानकारी गराई जागरुकता बढ्दै गएको जनता माबिकी बिद्यालय नर्स अनिता कटुवाल बताउछिन।
महिनावारीका बारेमा शारिरीक मात्रै होइन, मानसिक हिसावले पनि परिपक्क बनाउनु आवश्यक हुन्छ त्यसैले यस सम्बन्धि ज्ञान किशोरि अवस्थामा प्रवेश गर्दै गरेकी छोरीलाई घरबाटै पनि ज्ञान दिन आवश्यक छ।’उनीहरुलाई महिनावारी सम्बन्धी प्रकाशित वा प्रसारित सामग्री हेर्न लगाउने गर्नुपर्छ। रजस्वला जुनसुकै समयमा पनि हुन सक्ने भएकाले विद्यालयका मिस तथा नर्सलाई लाज नमानी त्यसको बारेमा बताउने तयारी अवस्थामा राख्न जरुरी छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts