Skip to content

हरिहरपुरगढीमा कृषकहरुलाई कृषि सामाग्री वितरण

हरिहरपुरगढीमा कृषकहरुलाई कृषि सामाग्री वितरण
प्रकाशित:
शब्दको आकार

झनझने ,असार ९ : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सक्रिय कृषक समूहका सदस्यहरुलाई कृषि सामाग्री वितरण गरिएको छ। अध्यक्ष लघु उद्यम कार्यक्रम अन्तर्गत पालिकाको वडा नं.२ र ३ का कृषकलाई पालिकाले आइतबार कृषि सामाग्री प्रदान गरेको हो ।

वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवा र प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकरा, वडा नम्बर २ वडा अध्यक्ष विश्व राई ,आर्थिक विकास शाखा प्रमुख संजित कार्की लगायतको उपस्थिति रहेको थियो। उद्यमशिलता कार्यक्रम अन्तर्गत ८० प्रतिशत अनुदानमा कृषकहरुलाई विभिन्न सामाग्रीहरु हस्तान्तरण गरिएको हो । लिम्बुटार घिसिङ कृषि फर्म, लिम्बुटार स्याङ्तान कृषि फर्म,सन्तोष पशुपालन तथा कृषि फर्म, लिम्बुटार, मसिना तरकारी फर्म,श्रेष्ठ तरकारी फर्म,कमला कृषि तथा पशुपंक्षी फर्मका कृषकलाई सिचाई मोटर, पाइप, स्प्रे ट्याङ्की, हजारी, टनेल प्लास्टिक, मल्चिङ्ग प्लास्टिक लगायतको सामाग्री वितरण गरेको थियो ।
कृषि उत्पादनलाई बढावा दिनका लागी गाउँपालिकाले कृषिमा अनुदानको कार्यक्रम सञ्चालन गरिरहेको र आगामी वर्षमा पनि कृषि र कृषकलाई प्रोत्साहित गर्न अनुदानका कार्यक्रमहरु सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष वाईवाले बताउनुभयो ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र सम्वाददाता
Author
मेरोपत्र सम्वाददाता
This author hasn't written a bio yet.

Related Posts