Skip to content

दुखको घडिमा घरदैलोमै पुगि सान्त्वना दिदै हरिहरपुरगढि पालिका प्रमुख

दुखको घडिमा घरदैलोमै पुगि  सान्त्वना दिदै हरिहरपुरगढि पालिका प्रमुख
प्रकाशित:
शब्दको आकार

बि.स. २०७३ साल पछि स्थानिय तहको नया संरचना सङ्सङ्गै हरेक स्थानिय तहमा घर आगनमै सिंहदरबार भन्ने अझै आभास भैरहेको छैन ।

जनताले अझै पनि चाहे जस्तो सुबिधा नपाएको गुनासो आइरहेको पाइन्छ । अझ चुनाब जितेर गएपछि जनता बिर्सने चलन जितेको ठाउँमा पाईलै नटेक्ने जन गुनासो पनि सुन्दै आईरहेका छौ कतिपय ठाउँमा सत्य पनि साबित भएको छ । तर त्यस्को ठिक उल्टो सिन्धुलीको हरिहरपुरगढि गाउँपालिकामा पाईएको छ ।

हरिहरपुरगढि गाउँपालिका प्रमुख बज्रध्वज वाईबा जनताको घर दैलोमा हालखबर बुझ्न घर दैलोमा पुग्नुहुन्छ । वहा आफ्नो पालिकाको जनतालाई सुखमा भन्दा दुख पर्दा दुख ब्यक्त्त गर्दै समबेदना प्रकट गर्न घर दैलोमा पुग्नुहुन्छ ।

पालिकाको आफ्ना जनता वा परिवारको कोहि सदस्यको मृत्यु हुदा हरेकको घरमा पुगेर परिवारलाई सान्तवना दिदै सुख दुखको खबर लिने गर्नुहुन्छ ।

हरिहरपुरगढी - २ झनझनेकि चद्रकुमारी राई आफ्नो माइतमा बुवा बित्दा पालिका प्रमुख हरिहरपुरगढी - ४ भुथ्रेमा घरमै आएर समबेदना ब्यक्त्त गरेको सम्झनु हुन्छ र त्यसरी पालिका प्रमुख घरमै आएर सान्तवना दिदा पालिकामा अभिभावक भएको महसुस गरेको बताउनु भएको छ ।

यता पालिकाले आर्थिक बर्ष २०८१/८२ शिक्षा र कृषीमा लगानी गर्ने लक्ष्य रहेको र आफ्नो कार्यकाल अबधि भर जनताको हित किसानको हितमा कामगर्ने पालिका प्रमुख वाईबा बताउनुहुन्छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts